IMG-LOGO

मोटरसाइकल दुर्घटनामा राजकुमारको निधन

 मंगल, पौष २६, २०७९  ---

 

      विपि राजमार्ग धुलिखेलबाट बनेपा आउदै गरेको बा ८० प ९०४८ को मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालक राजकुमार बानियाको निधन भएको छ । बनेपा वडा नंं. ८ निवासी बानिया शनिबार साझ ९ बजे धुलिखेल हस्पिटल चोकको रुखमा राजकुमार बानिया सवारी मोटरसाइकल ठोक्एिर सडकमा ढलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीले उद्दार गरी धुलिखेल अस्पतालमा उपचारको लागि लगेको जनाएको छ । शरिर र टाउकोमा गम्भिर चोट लागेको डिएसपी ढुल्नीराज न्यौपानेले बताउनुभयो ।

      उपचारको क्रममा राजकुमारको निधन भएको प्रहरीले जनाएको छ । राजकुमार बनेपाको आफ्नो भाँडावर्तन पसलबाट शनिबार साझ ६ः३० बजे धुलिखेलमा साथीकोमा गएर आउछु भनेर हिडेको बुवा राजु बानियाले बताउनुभयो । मृतक बानियाको शब पोस्टमाटम पछि पशुपति आर्यघाटमा दाहा संस्कार गरिएाको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्