IMG-LOGO

लोकतान्त्रिक यातायात व्यवसायी संघलाई शुभेच्छुक मान्यता

 मंगल, पौष २६, २०७९  ---

            नेपाली काग्रेसको विधान तथा नियमावलीले गरेको व्यवस्था अनुसार पार्टीसँग निकट रहि क्रियाशिल रहने प्रतिवद्धता जाहेर गरेकाले लोकतान्त्रिक यातायात व्यवसायी संघ तदर्थ समितीलाइ शुभेच्छुक संस्थाको मान्यता दिएको छ । कांग्रेस केन्द्रिउ कार्यसमितीको २०७९ श्रावण २ गते बसेको बैठकको निर्णय अनुसार व्यवसायी संघलाइ शुभेच्छुक संस्थाको मान्यता दिइएको हो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ तदर्थ कार्यसमितीको नेतृत्व योगेन्द्रनाथ कर्माचार्यले गर्नुभएको छ । कर्माचार्यले यातायात क्षेत्रको व्यवसायिक विकासको क्षेत्रमा विगत ३ दशकदेखि योगदान पुर्याउनु भएको छ । योगेन्द्रनाथ कर्माचार्यलाइ काग्रेसका महामन्त्री गगनकुमार थापाले गत पुष १७ गते शुभेच्छुक संस्थालाइ मान्यता दिने पत्र प्रदान गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्