IMG-LOGO

वागमती  प्रदेशको मुख्य मन्त्रीमा ः जम्मर कट्टेल

 मंगल, पौष २६, २०७९  ---

            मकवानपुर—नेकपा माओवादीमा मजदुर नेताको रूपमा आफ्नो परिचय शालिकराम जम्म्कट्टेल । वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा सोमबार नियुक्त हुनु भएको छ । नेकपा एमाले, राप्रपाको सहयोगमा माओवादी केन्द्र संसदीय दलका नेता रहनु भएका जम्मर कट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री हुनु भएको हो । उनी प्रदेशसभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट संसदीय दलका नेता हुनुहुन्थ्यो । उनले तत्कालीन नेकपा विभाजनपश्चात् मुख्यमन्त्रीको रुपमा आफूलाई लबिङ गरे पनि सफल हुनु भएको थियो । त्यसबेला वाग्मतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिइएको थियो । चुनावपछि पुरानो गठबन्धन भत्केर केन्द्रमा एमाले र माओवादी मिलेपछि यसपटक जम्कट्टेललाई मुख्यमन्त्री बन्ने अवसर आइपुगेको हो । २०३० साल भदौमा धादिङको साविकको किराञ्चोक गाविस–९ मा जन्मिनु भएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इञ्चार्ज हुनुहुन्छ ।

 


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्