IMG-LOGO

विष्णुदल गणले पदमार्ग कोटहरुको पहिचान सम्बन्धी छलफल

 मंगल, मंसिर १६, २०७७  ---

 
बनेपा,/   विष्णुदल गण धुलिखेल बनेपा, धुलिखेल र पनौती क्षेत्र भित्र रहेका पदमार्ग तथा कोटहरुको पहिचान संरक्षण सम्बर्धन र सैनिक इतिहासलाई प्रबर्धन गर्न स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गर्दै आएको छ । हिजो आयोजीत छलफलमा बनेपा र धुलिखेलका जनप्रतिनिधिहरु, पुरातत्व विभागका प्रतिनिधि संघ संस्थाका सरोकार वालाहरुको सहभागिता रहेको गढी र किल्ला युद्धस्थल र पदमार्गहरुको प्रवर्धन गर्न सहयोग पुग्ने उद्देश्य लिइएको छ । विष्णुदल गणका सेनानी प्रकाशकुमार उप्रेतीले विषय बस्तु बारेमा प्रस्ट पार्नुभएको थियो । पृथ्वी नारायण शाहले एकीकरण अभियानमा प्रयोग गरेका काभ्रे जिल्लाका ६ वटा पदमार्गहरुको पहिचान गरेको छ । नगरकोटाबाट अनेकोट ३५ किमी, साँगा, कलाकोट, गोसाइस्थान, नागीडाँडा, बखुण्डोल, कोटखेल चौकोट गोरखनाथ सम्म ६। किमी देखि २० किमी काभ्रेकोट, काभ्रे भञ्ज्याङ, बुच्याकोट हुँदै पलाञ्चोक भगवती २ किमी देखि २५ किमी पदमार्ग पहिचान गरेको छ । काभ्रे भञ्ज्याङ, बच्याकोट मेथिनकोट हुँदै तेमालबोट सम्म ३६ किमी पदमार्गतय गरेको छ । विक्रम सम्वत १८०३ मा नगरकोट कब्जा गरे पश्चात वि.स. १८१६ मा पलाञ्चोक कव्जा गर्न नगरकोट, अनेकोट लामीडाँडा हुदैँ पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई कोट नं १ को रुपमा लिइएको छ । नपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले काभ्रे जिल्लाका स्थानीय तहहरुमा रहेका ऐतिहासिक, पुरातात्विक धार्मीक तथा सांस्कृतिक महत्वका विषयलाई संरक्षण र सम्बर्धन गर्न हरेक बर्ष बजेट बिनियोजन गरेर पूर्वाधार विकासमा सहयोग पु¥याउन आवश्यक भएको बताउनु भयो । उपाध्यक्ष न्यौपानेले भौतिक संरचना निर्माणको साथ साथै राजमार्ग क्षेत्र २० कि.मी. भित्र हरेक पालिकाहरुमा सार्वजकि सौचालय बनाउन पर्ने मापदण्ड भए पनि स्थानीय सरकारहरुले ध्यान नदिएको हुदाँ आगामी वर्ष शौचालय बनाउन सुझाव दिनुभयो । पुरातत्व विभागका प्रतिनिधि भास्कर ज्ञावलीले प्राचिन स्मारक बनाउँदा परम्परागत वस्तुगत ढाँचा नविग्रने गरी निर्माण गर्न सुझाव दिनु भयो । धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम, पनौती वडा नं ६ का वडा अध्यक्ष सुधिर सापकोटा र पनौती वडा नं ९ का वडा अध्यक्ष सहकुल हुमागाइ धुलिखेल वडा नं १२ का वडा अध्यक्ष हर्क वहादुर तामाङ काभ्रे साइक्लिङ्ग संघका अध्यक्ष मनिष यगोल, २६ नं बाहीने अड्डा मेजर दिनेश न्यौपाने र धुलिखेल नगरका इन्जीनियर हरेराम हुमागाइ लगाएतले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने गरी स्थानीय सरकारले कार्य गरेको स्मरण गराउनु भयो । 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्