सञ्जीवनी नमुना माध्यमिक विद्यालय धुलिखेलको ७३ औ बार्षिकोत्सव समारोह शनिबार भव्यताका साथ सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद कोजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमखु ब्याञ्जुले धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, गरिवी न्यूनिकरण, पार्क तथा अन्य पूर्वाधारका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । +२ तह र स्नातक तहमा अध्ययन गर्ने धुलिखेल नगरबासीहरुलाई पूर्ण रुपमा निशुल्क र स्नातक तहमा अध्ययन गर्ने अन्य पालिका तथा जिल्लाका विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । विद्यालयका सह–प्रधानाध्यापक पवन प्रधानले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सबै विद्यार्थीको सिकाई उपलब्धी न्यूनतम जिपिए २.५ पु¥याउने, विद्यालयलाई विग स्कुलको रुपमा संचालन गर्ने, कक्षागत रुपमा स्मार्ट बोर्डको ब्यवस्था गरी आईसीटी मैत्री विद्यालयको रुपमा विकसित गर्ने, बोटानिकल गार्डेन प्रयोगमा ल्याउने, सुविधासम्पन्न छात्राबास प्रयोगमा ल्याउने जस्ता योजनाहरु रहेको विद्यालयले जनाएको छ । शिशु कक्षा देखि १२ सम्म १ हजार २ सय ८ जना बालबालिकाहरु अध्ययनरत रहेको उक्त विद्यालयको वार्षिकउत्सव कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्ली रेग्मी, वडा अध्यक्षहरु रोमीप्रसाद ब्याञ्जु, सञ्जय कोँजु, बद्रिप्रसाद हुमागाई, पुर्व प्रधानाध्यापक सानुकाजी महत, लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जु लगायतले विद्यालयका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन दिएको उक्त कार्यक्रममा पूर्व शिक्षक तथा कर्मचारी सम्मान, दिर्घसेवी शिक्षकहरु तथा प्रअहरुलाई सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ नमोबुद्धमा दिनेशको नेतृत्व
