कोरोनाका कारण काभ्रे जिल्लामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । जस अन्तरगत बनेपा न.पा. बाट १० जना, धुलिखेल न.पा. बाट ६ जना, पनौती न.पा. बाट ५ जना, पाँचखाल न.पा.बाट ४ जना, मन्डनदेउपुरबाट ५ जना, बेथानचोक गा.पा.बाट ४ जना र रोशी गा.पा. बाट १ जना गरी ३५ जना संक्रमित थपिएका छन् भने २७ जना डिस्चार्ज भएका छन् । काभ्रे जिल्लामा हालसम्म ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।
