IMG-LOGO

औपचारिक प्रस्ताव आएको छैन ः प्रवक्ता खतिवडा

 मंगल, पौष १९, २०७९  --

 

            नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताएका छन् । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको बताए । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा संलग्न हुन औपचारिक प्रस्ताव सत्ता गठबन्धनबाट नआएको भन्दै त्यो विषयमा छलफल नभएको बताए । ’सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भने, ’औपचारिक प्रस्ताव आए त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्