IMG-LOGO

काभ्रेका खानी तथा क्रसर उद्योग मापदण्ड विपरित

 मंगल, पौष १९, २०७९  --

 

            काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुनै पनि खानी तथा क्रसरले मापदण्ड पुरा नगरेको पाइएको छ । काभ्रेपलाञ्चोक जिल्लाको नदिजन्य तथा खानीजन्य उद्योगहरुको जिल्लास्तरीय अनुगमन कार्यदलले  स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन अनुसार काभ्रेमा रहेका ४८ वटा क्रसर तथा खानीमध्ये ३० नियमित रुपमा संचालन भएपनि आवश्यक न्यूनतम मापदण्ड पुरा गरेका छैनन् । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दीपक गौतमको संयोजकत्वमा बनेको अनुगमन समितीले सबै ३० वटा क्रसरको स्थलगत अनुगमन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदन बुधबार एक कार्यक्रमका बीच समन्वय प्रमुख गौतम र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई हस्तान्तरण गरिएको छ ।      

            खानी उत्खननको लागि अनुमति पाएको भन्दा सार्वजनिक जग्गामा खानीले उत्खनन गरिरहेको, दर्ता नगरी सञ्चालन गरिएको एउटा उद्देश्यले दर्ता गरेर अर्काे किमिसले संचालन गरेको, राजमार्ग मिचेर संचालन गरेको पाइएको जिसस काभ्रेका प्रमुख गौतमले बताए । नियम विपरित चलेका उद्योगहरुलाई यतिकै चल्न नदिने र कानुन अनुसार कारवाही गरिने गौतमले प्रतिवद्धता व्यक्त गरे । जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईको अध्यक्षतामा ९ सदस्यिय कार्यदलले उक्त अनुगमन गरेको थियो । प्रतिवेदनमा कार्यदलले नियम विपरित चलेका खानीहरुलाई स्थानिय पालिकाले तत्काल वन्द गराउनु पर्ने, उद्देश्य बाहिरको कार्यहरुमा रोक लगाउनु पर्ने लगायत विभिन्न सुझावहरु समेत दिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्