IMG-LOGO

ज्योति बहुउद्देश्यीय सहकारीको २३ औँ सभा

 मंगल, पौष १२, २०७९  --

 

             राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले सहकारी क्षेत्रका विसंगती र समस्या हल गर्दै तल्लो तहका नागरिकको हक हितमा काम गर्नुपर्ने धारणा राख्नुभएको छ । बनेपामा रहेको ज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभालाई शनिवार बनेपामा सम्बोधन गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत समेत हुनु भएका पोखरेलले सहकारीहरुले अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिदै आएको स्मरण गर्नुभयो । ज्योती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सूर्य मानन्धरको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा कोषाध्यक्ष रविन्द्र वाग्लेले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितीका संयोजक मुक्तीनाथ तौजलेले समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

             ६ हजार ९ सय १६ जना शेयर सदस्य रहेको संस्थाको आ.व. २०७८÷०७९ मा कुल शेयर पूँजी ७ करोड ८ लाख ५ हजार ३ सय, १ अर्ब १९ करोड ८९ लाख ५१ हजार ६ सय ३३ कर्जा लगानी रहि १ अर्ब १९ करोड ५४ लाख २६ हजार ५ सय ७६ रुपैँया बचत संकलन भएको बताइएको छ । संस्थाका ७० जना जेष्ठ सदस्यहरुलाई सम्मान, सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका  विद्यार्थीहरुलाई प्रोत्साहन सहयोग, श्रष्टा सम्मान गरिएको कार्यक्रममा निर्वतमान अध्यक्ष मुकुन्द दाहाल, बनेपा वडा नं. ७ का वडाअध्यक्ष हिटलर शाक्य, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, अन्य सहकारी संघ संस्थाका प्रमुख  लगायतको उपस्थिति रहेको थियो । हाल ६ वटा सेवा केन्द्रहरु रहेको संस्थाको औपचारिक कार्यक्रम सचिव रामेश्वर शर्मा वाग्लेले सञ्चालन गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्