IMG-LOGO

सायना प्रेस सुरक्षित गर्भ निरोधक भ्याक्सिन

 मंगल, पौष १२, २०७९  --

 

             प्रजनन क्षमता कायम रहेका महिलाहरको लागि सुरक्षित गर्भ निरोधक भ्याक्सिन सायना प्रेस सेवा शुरु भएको छ । नेपालमा २०७७÷०७८ देखि सेवा शुरु भएको सायना प्रेस सेवा काभ्रे र सिन्धुली जिल्ला लगायत ७ वटा जिल्लामा उक्त सेवा प्रारम्भ भएको कुरा नेपाल परिवार नियोजन संघ काभ्रे शाखा प्रमुख तुलसीदेवी मानन्धरले बताउनुभयो । अस्थायी गर्भ निरोधक साधनहरु तीन महिले सुई, गर्भ निरोधक चक्की पिल्स भन्दा सायना प्रेस भ्याक्सिन बढि प्रभावकारी हुने बताइएको छ । उक्त भ्याक्सिन विश्वका ४३ देशमा यसको प्रयोग भइसकेको छ ।

             स्वास्थ्यकर्मीको परामर्शबाट महिलाहरुको स्वास्थ्य परीक्षण गरेर मात्र सायना प्रेस भ्याक्सिन लगाउन सकिन्छ । सुत्केरी भएको ६ हप्ता भित्र यो भ्याक्सिन लगाउन मिल्दैन, डायविटीस रोग लागेको छ, क्यान्सर रोगले ग्रसित छ भने उक्त भ्याक्सिन लगाउन नहुने कुरा शाखा ल्याव टेक्नेसियन लिकीसा श्रेष्ठले हिजो आयोजित सञ्चारकर्मी सँगको अन्तरक्रियामा बताउनु भएको हो । नेपाल परिवार नियोजन संघ केन्द्रीय सदस्य इन्द्र लक्ष्मी श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व शाखा कोषाध्यक्ष प्रकाश कायस्थले गर्नुभएको थियो । समिता मानन्धर, पुस्पा कार्की (पनेरुले), सायना प्रेस भ्याक्सिनको प्रभावकारीताको बारेमा सञ्चारकर्मीलाई जानकारी दिनु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्