बनेपा हार्ट क्लिनिकको गत मंगलबार बनेपामा समुद्घाटन भएको छ । लायन्स क्लब अफ काभ्रे बनेपा र नेपाल हार्ट फाउन्डेसन बनेपाको संयुक्त प्रयासमा मुटु परीक्षणका लागि सहजता प्रदान गर्न अत्याधुनिक मेशिन ल्याइएको छ । प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय अध्यक्ष लायन ब्रायन ई सिहानले उद्घाटन गर्नु भएको कार्यक्रम लायन्स क्लब अफ काभ्रे बनेपाका अध्यक्ष पदम सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । इको, ईसीजी, अल्ट्रा साउण्ड,
अब बनेपामै मुटु परीक्षण सेवाटीएमटी लगायतका उपकरणहरु समेत जडान गरिएको काभ्रे शाखाका संस्थापक अध्यक्ष तथा हार्ट क्लिनिक प्रोजेक्ट अध्यक्ष रामराजा धौभडेलले जानकारी दिनुभयो । मुटुको परीक्षण गर्न कठिन भएको परिस्थितिबाट बनेपामा नियमित मुटुको परीक्षण विशेषज्ञ चिकित्सकहरूबाटै गराउने उद्देश्यले लायन्समा आबद्ध भएका र अन्य सहयोगीहरुको सहयोगबाट १ करोड ४८ लाख मूल्य बराबरका उपकरण प्राप्त भएको धौभडेलले बताउनुभयो । उपकरण खरिदका लागि ९४ जनाले ५० हजार भन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
२०३४ साल चैत्र १७ गते बनेपा शाखाले चार्टर प्राप्त गरी कार्य प्रारम्भ गरेकोमा भवन निर्माण गर्न विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको संस्थापक धौभडेलले बताउनु भयो । लायन राजु सरकारले सञ्चालन गर्नु भएको कार्यक्रममा भवन निर्माण, जग्गा दान गर्नेहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा लायन्स क्लबले नमोबद्ध नगरपालिका प्रमुख कुन्सान लामालाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, लायन्स क्लब अन्तर्राष्ट्रिय अध्यक्षको फस्र्ट लेडि लायन लोरि सिहान, लायन सञ्जय खेतान, सुदर्शनधर प्रधानाङ्ग, विधान जोशी, नेपाल हार्ट फाउण्डेशनका महासचिव डा. प्रकाशराज रेग्मी, बनपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
