IMG-LOGO

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

 मंगल, पौष १२, २०७९  मणिराज श्रेष्ठ उपाध्यक्ष ज्येष्ठ नागरिक जिल्ला संघ, काभ्रेपलाञ्चोक

             राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालको अथक प्रयास र पहलमा २०७८ जेठ १० गते बसेको नेपाल सरकार, मन्त्री परिषद्को बैठकबाट नेपालका तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा मन्त्री परिषद्बाट २०५१ पौष ११ गते  ज्येष्ठ नागरिकहरुलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भन्ने निर्णय गरी भत्ता दिने कार्य शुरु भएको स्मरण स्वरुप,  हरेक बर्ष पौष ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय भए पश्चात यस बर्ष पनि २०७९ पौष ११ मा बिभिन्न कार्यक्रम सहित सरकारी निकाय लगायत संघ संस्थाहरुले पनि मनाएको छ ।

             संयुक्त राष्ट्रसंघको घोषणा पश्चात सन् १९९१ अक्टोबर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको मनाउने कार्यको थालनी भएको थियो भने नेपालमा सन् १९९६ देखि अन्तराष्ट्रिय रुपमा मात्र मनाउंदै आईरहेको यो दिवस, राष्ट्रिय रुपमा पनि मनाउनु पर्दछ भन्ने सरकारको यो सह्रानीय ऐतिहासिक कदमले ज्येष्ठ नागरिकको सम्मानमा थप पहलको रुपमा लिनु पर्दछ ।

             ज्येष्ठ नागरिकलाई बिश्वका बिभिन्न देशहरुमा खास गरि उमेरको आधारमा आ–आफ्नै किसिमबाट परिभाषित गरेको पाईन्छ । नेपालको सन्दर्भमा ज्येष्ठ नागरिक ऐन २०६३, संशोधित ऐन २०७२ अनुसार ६० बर्ष उमेर पुगेका ब्यक्ति भनेर उल्लेख गरेका छन् ।

             नियमावलीको दफा १४मा जेष्ठ नागरिकहरुलाई निम्न ५ प्रकारमा बर्गिकरण गरिएको छ ः

क) सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक,

(ख) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक,

(ग) असहाय ज्येष्ठ नागरिक,

(घ) अशक्त ज्येष्ठनागरिक,

(ङ) एकल ज्येष्ठनागरिक ।

             यसै बर्गिकरण अनुसार सरकारले सामाजिकभत्ता ,स्वास्थ्य लगायत केही सेवा सुबिधाहरु उपलब्ध गराउंदै आएको छ । तर ऐन नियमावलीमा उल्लेखित अधिकार,सेवा तथा सुबिधाहरु ब्यबहारमा उतार्न सकिरहेको अबस्था छैन । ज्येष्ठ नागरिकहरुले आर्थिक रुपमा पर आश्रीत भएर, सहारा तथा सहयोग बिहिन भएर, अपहेलित परिवार तथा समाजबाट अपहेलित भएर, दुव्र्यबहार सहेर कष्टकर जीवनयापन गर्न बाध्यहुनु परिरहेको यथार्थता छ ।

             यस्तो किसिमका समस्याहरुलाई साच्चिकै मनै देखि न्युनिकरण गर्दै सम्मानित रुपमा जीवनयापनको लागि मद्दत गर्ने हो भने, नेपालको संबिधान तथा मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रको मुल्य–मान्यता,मर्म तथा भावनालाई समेत आत्मसात गरि समय अनुकुल ढिलो नगरि यथासिघ्र समय अनुकुल अधिकारमुखी ऐन तथा नियमावली ल्याएर ती नै तहका सरकारले न्यायोचित रुपमा सरल र सहज रुपमा उपभोग गर्न सक्ने गरि कार्यान्वयनमा ल्याउनु पर्दछ । सामाजिक संस्थाहरुले पनि ठोस र उपलब्धि मुलक कार्यक्रमहरु मार्फत ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन यापनका लागि सामाजिक, भौतिक, आत्मिय सहयोग गरौं ।

             अन्त्यमा, ज्येष्ठ नागरिक दिवसको महत्वपुर्ण दिनमा सम्पुर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य,सुख,शान्ति,खुसी र उत्तोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

जय ज्येष्ठ नागरिक ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

मणिराज श्रेष्ठ

उपाध्यक्ष

ज्येष्ठ नागरिक जिल्ला संघ, काभ्रेपलाञ्चोक

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्