IMG-LOGO

समर्पण उप–आयोजनाको सार्वजनिक सुनुवाई

 मंगल, पौष १२, २०७९  --

 

             पनौती÷नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना (एन एल एस आइपी), बिकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडा अन्तर्गत पनौती–९, नौबिसेमा सञ्चालित व्यावसायिक बाख्रा पालनद्वारा खसी, बोका तथा पाठीहरुका उत्पादन बजारी करण उप–आयोजनाको दोस्रो सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ । अनुदान ग्राही संस्था समर्पण साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सो सुनुवाई भएको हो । सो उप–आयोजना सञ्चालनको लागि १ करोड ६९ लाख ४३ हजार ५४ रुपैंया लगानी गरिएको छ । आयोजनाको शर्त अनुसार लाभान्वित परिवारले आफ्नो योगदान २० प्रतिशत र ऋण ३० प्रतिशत उप–आयोजनामा लगानी गरिसकेका छन् भने आयोजनाले ५० प्रतिशत अनुदानको रुपमा उपलब्ध गराइ  रहेको छ ।

             पशुजन्य पदार्थहरुको उत्पादकत्व तथा मूल्य श्रृंखलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरु (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरु लगायतको समानुकूलतालाई सुधार गर्ने उद्देश्यलेविश्व बैंकको ऋण सहयोगमा नेपाल सरकारले आयोजना सञ्चालन गरिरहेको हो । समर्पण सहकारीलाई खसी बोकाको मासु उत्पादन मूल्य श्रृंखलामा उप–आयोजनामा समावेश गरिएको हो । सहकारीले आयोजनामा सुरुमा पीसीएनको अवधारणा पत्र पेश गरेकोमा स्वीृकत भई पूर्ण प्रस्ताव पेश गरेको थियो । पूर्ण प्रस्ताव, किसानको योगदान र बैंक वित्तिय संस्थाको ऋण लगानी सुनिश्चतताको आधारमा इकाईले सहकारीमा उप–आयोजना सञ्चालन गरिरहेको हो । यस अन्तर्गत कूल २३ परिवार लाभान्वितभइरहेका कार्यक्रममाजानकारी दिइयो । कार्यक्रमअन्तर्गत बाख्रा, पाठापाठी र बोकाको आधुनिकखोर निर्माण, जमुनापारी र खरी क्रस जातका पाठी खरिद, शत प्रतिशत बोयर जातकाबोका खरिद, खोप, परजिवी नियन्त्रण र उपचार, जै घाँस, केराउ घाँस र बर्सिम घाँस खरिद तथा उत्पादन, दाना खरिद, पशु बीमा लगायत अन्य अवाश्यकीय सामानहरु खरिद र वितरण रहेको छ ।

             सो अवसरमा पनौती नगरपालिकाकी उप–प्रमुख गीता बन्जाराले नगरपालिकाको अघिल्लै कार्यकालको निर्णयबाट पनौती वडा नं. ९ लाई बाख्राको पकेट क्षेत्र घोषणा गरिएको हुँदा आवश्यक सहयोगहरु उपलब्ध गराउने वचनवद्धताव्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समर्पण सहकारीले एन एल एस आइपीको उद्देश्य अनुसार पारदर्शी तरिकाले किसान छनौट, बाख्राखरिद तथा वितरण गरेको छ । यो कृषिक्षेत्रमा सुशासनको सूचक पनि हो’, उहाँले थप्नु भयो । संस्थाकी अध्यक्ष बिमला थापाले आयोजनाबाट प्राप्त हुने प्रथम किस्ता मात्रै प्राप्त भएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अब बाँकी दोस्रो र तेस्रो किस्ता भुक्तानी पाउनका लागि तोकिएका कार्यहरु सम्पादन गरिरहेका छौं । आयोजनाको सहयोगमा हाम्रा सहकारी सदस्यहरुलाई बाख्रा पालनमा सहयोग गर्नुका साथै एउटा नमूना योग्य  बाख्राको श्रोत केन्द्र पनौती–९ मै बनाउन सकियो । उप–आयोजना सञ्चालन गरेर सहकारीले प्राप्त गरेको यो प्रमुख उपलब्धि होे’ थापाले थप्नु भयो ।

             सार्वजनिक सुनुवाई कार्यक्रममा बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष ध्रुव कुँवर, उप–आयोजनाको अनुगमन समितिका संयोजक बिदुर हुमागाईं, भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाईं, पनौती नपा–कृषि तथा पशुपंछी शाखा प्रमुख लिलानाथ सापकोटा, सञ्चारकर्मी मधुसुधन गुरागाईं, उप–आयोजनाका व्यवस्थापक श्री कृष्ण कुँवर, संस्थाकी सचिव मुना शाह लगायतले पशुपालनको क्षेत्रमा एन एल एस आइपीको सहयोगले काभ्रेपलाञ्चोक जिल्लामा धेरै नमूना योग्य कामहरु भइरहेको दृष्टान्त दिनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्