मोडेल बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कोरोनाका कारण संस्थाको कार्यालयमा सम्पन्न भएको साधारण सभाको प्रतिबेदनमा सचिव रामसुदन तिमल्सिनाले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष ओमकृष्ण प्रधानले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद तिमल्सिनाले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २३ सय ७२ सदस्य रहेको संस्थाको शेयर पूँजी २ करोड ४ लाख ६४ हजार १ सय, बचत १५ करोड ७४ लाख ७८ हजार ५ सय ३६, ऋण लगानी १२ करोड ७५ लाख १५ हजार ८ सय ८१, आम्दानी २ करोड ५३ लाख ७४ हजार ७ सय ९३, खर्च २ करोड ७ लाख १३ हजार ६ सय ९१, नाफा ४६ लाख ६१ हजार १ सय २ रहेको संस्थाका प्रबन्धक करुण सागर (नर्सिं) श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष राजन शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
