समुदायमा आधारित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले एसियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको छ । यस वर्ष २०२२/२०२३ को एसियाली स्तरको कार्यक्रम अन्तरगत काभ्रे जिल्लाको चण्डेश्वरी साकोसले मात्रै एक्सेस ब्रोञ्ज (कायस्त स्तर) ब्राण्ड प्राप्त गर्न सकेको कुरा संस्थाका अध्यक्ष नविन भक्त बादेले बताउनुभयो । एक्सेस ब्राण्डको घोषणा एसियाली ऋण महासंघको नोमेम्बरमा प्रकाशित अक्कु न्यूज लेटर मार्फत गरिएको थियो । नेपालमा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी महासंघ ( नेफ्स्कून ) र एसियाली ऋण महासंघ अक्कूको प्राविधिक सहकार्यमा एसियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएको छ । एक्सेस कार्यक्रम एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा साकोस क्षेत्रको दिगो विकासको लागि एसिया स्तरमा अन्तरिकीकरण गर्ने लक्ष्यका साथ आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहलले जानकारी दिनुभयो । उक्त कार्यक्रम नेफ्स्कूनले २०६५ सालदेखि सञ्चालमा ल्याएको हो ।
