नेपाल जेसिज वर्ष २०२२/२०२३ राष्ट्रिय अध्यक्षमा बनेपाका युवा विकास मानन्धर निर्वाचित हुनुभएको छ । विरगञ्जमा भएको नेपाल जेसिजको ४९ औँ सम्मेलनले अध्यक्षमा विकास मानन्धर र उपाध्यक्षमा राजाराम गौतम निर्वाचित गरेको हो । मानन्धर काभ्रे जेसिजको पूर्व अध्यक्ष भई नेतृत्वदायी भूमिकामा रहि सामाजिक जागरण र समुदायमा जेसिज कार्यक्रमलाई योजनाबद्ध ढङ्गबाट अघि बढाउन भूमिका खेल्नु भएको थियो । त्यस्तै गरी नालदुम नगरकोट जेसीजका अध्यक्ष गौतम पत्रकारीता राजनीतिक तथा सामाजिक क्षेत्रमा आफूलाई दरविलो रुपमा उभीएको व्यक्ति हुन ।
