IMG-LOGO

गोली हानेर हत्या गर्ने प्रमोदराम सार्वजनिक

 मंगल, पौष १२, २०७९  --

 

      गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ । भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादवलाई छातीमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त भारत विहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना–१ निवासी ३८ वर्षीय प्रमोद राम रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । राम १० दिनदेखि नेपालमा बस्दै आएका थिए ।

      पुस ८ गते शुक्रबार बेलुका साढे ५ बजे जिल्ला बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित दुईजना व्यक्तिहरूले शिवपुजनलाई बोलाइ छातीमा एक राउन्ड गोली हानी फरार भएको थियो । यादवको परवानीपुर गाउँपालिका–५ स्थित रहेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्