शिर मेमोरियल एडभेन्टिष्ट हस्पिटल मेडिकल इन्ष्टिच्युट कलेज अफ नर्सिङ बनेपाको आयोजनामा लभ भण्ड शेयरिङ कार्यक्रम बुधबार सिद्धार्थ उच्च माध्यमिक विद्यालय बनेपामा सम्पन्न भएको छ । काभ्रे जिल्लाको शैक्षिक संस्थामा हरेक वर्षको २ पटक लभ एण्ड शेयरिङ कार्यक्रम विद्यालयका छात्र छात्राहरुको लागि पौष्टिक आहरको प्रदर्शन स्वास्थ्य शिक्षा क्रियाकलापहरु गर्दै आएको अस्पतालका प्रमुख कार्यक्रम अधिकृत सुन्दर थापाले बताउनु भयो । बनेपा नगरपालिका वडा नं. ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्देश्यको बारेमा सहज कर्ता रुपा लक्ष्मी श्रेष्ठले प्रस्ट्याउनु भएको थियो ।
एकेडेमिक डाइरेक्टर ताराजङ्ग गुरुङ, प्रिन्सिपल निर्मला मानन्धर, भाइस प्रिन्सिपल प्रतिमा मानन्धरले सिद्धार्थ उच्च माविमा विज्ञान संकायमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लभ शेयरिङको उपयोगिताको बारेमा प्रशिक्षण दिनु भएको थियो । लभ शेयरिङ कार्यक्रमले मानवीय जीवनलाई सत्मार्गमा डा¥याउन उपलब्धी मुलक कार्य गर्न अभिप्रेरित गुर्नका साथै सकारात्मक सोचको विकास हुने कुरा कार्यक्रम प्रमुख अधिकृत सुन्दर थापाले उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा सिद्धार्थ उच्च मावि बनेपाका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, पास्टर ए.एम पुरी र रेडियो एविसी एफ.एमका स्टेशन प्रमुख रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण दिव्य स्वरी लाखे र रुवि प्रधानले गर्नु भएको थियो ।
