जिल्ला बचत संघ काभ्रेको आयोजनामा एक दिवशीय संस्था एकीकरण गोष्ठी होटल उग्रचण्डीको सभाहलमा शिक्षा तथा तालिम उप–समितिका संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा प्रशिक्षक एफ सि.ए राजकुमार फुयालको प्रशिक्षणमा काभ्रेका ४५ वटा संस्थाहरुबाट ५४ जनाको सहभागितामा रहेको थियो । गोष्ठीको उद्घाटन सत्रमा संघका प्रबन्धक गुरु प्रसाद ढकालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र नकर्मीले उद्घाटन गर्नुभयो । संस्था एकीकरण गर्नु ठुलो कुरा नभई कस्तो संस्था एकीकरण गरियो भन्ने तर्फ ध्यान दिनुपर्ने र संस्थाको वित्तिय अवस्था के छ ? भाखा नाघेको ऋणको अवस्था, संस्थागत पुँजीको अवस्था, विना धितो लगानी र असुलीको अवस्था के छ, संस्थाको नाफा नोक्सानको अवस्था, संस्थाको दायित्वको अवस्था के छ, बजारमा त्यो संस्थाप्रति सदस्यहरुको धारणा के छ भन्ने कुराहरुको विचार विर्मश एवं प्रयाप्त मात्रामा अध्ययन अनुसन्धान प्रश्चात संस्था एकीकरणको लागि सम्झौता गरि अगाडी बढनुपर्र्नेे कुरा मन्तव्यको क्रममा राख्नुभयो ।
कार्यक्रममा संघका संचालक सदस्य बालकृष्ण दाहालले सहकारीको विकृत बजारमा जुन किसिमले नराम्रो हल्ला फैलिएको छ त्यसको प्रमुख कारण संस्था सहकारी ऐन, नियमावलीको पुर्ण अधिनमा रहि संचालन नगरेको र संस्थाले आन्तरिक कार्यविधिहरु समेत तयार नगरीे मनपरि ढङ्गबाट संस्था संचालन गरि छाता संघहरुमा सदस्यता नलिई संस्था संस्था विच अन्तरलगानी कारोबार गर्नाले एउटा संस्था संकटमा पर्दा अरु संस्था पनि स्वत संकटमा पर्ने हुदाँ ति संस्थाहरु बरु एकीकरण गरि संस्थालाई विधि ,पद्धति एवं सहकारीको मुल्य, मान्यता एवं सिद्धान्तमा रहेर सवल एवं सक्षम संस्था निर्माण गरि अघि बढनुपर्ने कुरामा जोड दिनुभएको थियो । गोष्ठीमा म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष एवं सामुदायिक साकोसका सिईओ मदन बस्नेतले सामुदायिक साकोसले संस्था एकीकरणका लागि १९ वटा सहकारी संस्थाहरु सँग सम्झौता गरिएको र केहि संस्थासँग एकिकरण भईसकेको र सहकारी एकिकरणका सवल र दुर्वल पक्षहरु लगायत संस्था एकिकरणको आवश्यकता, एकिकरण प्रक्रिया सरल छ कि के कति अफ्ठेराहरु छन् ? संस्था एकिकरण प्रश्चात के कस्तो समस्या एवं चुनौतिहरु आए, एकिकरण प्रश्चात हुने फाइदाहरु एवं बेफाइदाहरु के भयो ? सदस्यता, सम्पत्ति र दायित्व एवं पुँजीको एकृकित कसरी गरियो, संचालक समिति र कर्मचारीको व्यवस्थापन के कसरी गरियो भन्ने कुराहरुलाई लक्षित गर्दै उहाँले आफ्नो संस्था एकीकरणका क्रममा भोगेका अनुभवहरु सहभागीहरु माझ प्रभावशाली ढङ्गबाट राख्नुभएको थियो ।
