धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २० औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेले मंसिर ३ गते कार्यक्रमको उद्घाटन गर्नुभयो भने संस्थाका सचिव श्यामकुमार भालुले आ.व. २०७६÷०७७ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमेशरत्न शाक्यले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुरेशभक्त भोछिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका प्रबन्धक भवसागर रंजितले गर्नुभएको थियो ।
