वेथानचोक गाउँपालिकाको प्रेस संयोजकमा शुभराज अधिकारी नियुक्त हुनु भएको छ । पलाञ्चोक साप्ताहिकका प्रकाशक समेत रहनु भएका अधिकारी जिल्लामा एक दशक अघि देखि निरन्तर सञ्चार कर्ममा लागि राख्नु भएको छ । विहिवार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले प्रेस संयोजकमा शुभराज अधिकारीलाई नियुक्ति पत्र दिनु भएको हो ।
