इसा मेमोरियल स्कूल बनेपा ६ को आयोजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगितामा एभरेष्ट एकेडेमी बनेपाको छात्रा यसोधा नेपाली प्रथम भएकी छिन् । द्धितीय सिद्धार्थ एकेडेमी बनेपाको छात्रा स्मारिका तामाङ, तृतीय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाका एञ्जल कार्की र सानत्वनामा विद्यासागर सेकेण्डरी स्कूलकी समृद्धि लम्साल, बेष्ट ड्रेस अफ लिन इन्टरनेश्नल स्कूल, बेष्ट कोरियो ग्राफी एभरेष्ट एकेडेमी र पपुलर डान्स गर्नेमा बेलर इन्टर नेश्नल एकेडेमी रहेको छ । काभ्रे जिल्लाका २० वटा संस्थागत विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो । विद्यालयका बालबालिकाहरुको प्रतिभालार्य प्रस्फुटन गराउने उद्देश्यले गरेको नृत्य प्रतियोगितामा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । काभ्रे प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा बनेपा प्याब्सनका कुमार मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शरण कुमार मानन्धरले गर्नु भएको थियो ।
