IMG-LOGO

काठमाण्डौ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह

 मंगल, पौष ५, २०७९  --

          प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय एवं प्राविधिक शिक्षाबाट क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा काठमाण्डौ विश्वविद्यालयले योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ । बिहीबार धुलिखेलमा आयोजित काठमाण्डौ विश्वविद्यालयको (पहिलो चरण) २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गदै कुलपति समेत रहेका देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई दिदै भविष्यमा देशको शैक्षिक एवं समग्र विकासमा योगदान पु¥याउन आग्रह गर्नुभयो । सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व विद्यालयको योगदानको चर्चा गर्दै प्राविधिक गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा विश्वविद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

          काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएका थिए । पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका २ सय २, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका ४ सय ५२, स्वास्थ्य विज्ञानका ७ सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुने विद्यार्थीमध्ये ७ सय ३४ जना पुरुष र ९ सय ६५ जना महिला छन् । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत रहेकोे बताइएको छ । यस विश्वविद्यालयबाट हालसम्म ४० हजार ३५ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा १ जना गरी सात जनालाई पनि उपाधि प्रदान गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्