IMG-LOGO

नेपाल हृदयरोग प्रतिष्ठानको ३१ औँ साधारण सभा

 मंगल, पौष ५, २०७९  --

          नेपाल हृदयरोग प्रतिष्ठानको ३१ औँ साधारण सभा शनिबार सम्पन्न भयो । ५७ जिल्लामा शाखा र २० जिल्लामा तदर्थ समिति स्थापना भएको संगठनहरु मध्य ३१ औँ केन्द्रीय सभामा २६ जिल्ला शाखाहरु र ७ प्रदेशहरुबाट १५६ जना प्रतिनिधिहरु र  केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु र कर्मचारीहरु ६३ जना मध्ये ३५ जनाको सहभागिता रहेको डा. पुष्पराज कर्णिकार संयोजन र प्रस्तुतिमा अभिमुखीकरण कार्यक्रम अध्यक्ष बलराम न्यौपाने,महा सचिव बालगोबिन्द बिष्ट,बिबर्तमान अध्यक्ष डा.प्रचण्ड प्रधान,नन्दकिशोर शर्मा,उत्तमलाल श्रेष्ठ,पूर्व अध्यक्ष डा. प्रकाशराज रेग्मीद्वारा संचालन गर्नु भएको थियो । बागमती प्रदेशको प्रदेशहरुको प्रगति प्रतिवेदन प्रस्तुति र समितिलाई पूर्णता दिने कार्य प्रतिष्ठानको केन्द्रीय अध्यक्ष बलराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । केन्द्रीय सल्लाहकार तथा शाखा उप सभापति ग्रुवेन तौजलेको सभापतित्व महासचिव बालगोबिन्द बिष्टको प्रस्तुतिमा शाखाहरुको प्रतिवेदन प्रस्तुन भएको थियो ।

          बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य ज्यूले पानसमा दीप प्रज्वलन गरी समुदघाटन गर्नु भएको थियो । साथै प्रतिष्ठानले ब्यबस्था र निर्णय गरेका बिभिन्न सम्मानहरुद्वारा काभ्रे शाखाका सभापति अशोककुमार श्रेष्ठ,डा.प्रेमराज बैद्य र डा.ओममूर्ति अनिल र उत्कुष्ट शाखा प्रतिष्ठानका ललितपुर शाखा र गुल्मीशाखालाई सम्मान पत्र प्रदान गरेकोे थियो । मुटु बचाउ अभियानमा हुने प्रतिकारात्मक र उपचारात्मक गतिविधिहरुको लागि यथोचित सहयोग बनेपा नगरपालिकाद्वारा हरहमेशा सहयोग हुने आश्वस्त पार्नु हुँदै प्रतिष्ठानको भवन निर्माण समेत रचनात्मक सहयोग गर्ने बचन दिनु भएको थियो । प्रतिष्ठानका केन्द्रीय महासचिव  बालगोबिन्द बिष्टले मन्तव्य दिनु भएको थियो ।

          पूर्व अध्यक्ष प्रतिष्ठानका पूर्व अध्यक्ष्य बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटु सम्बन्धि सर्वपक्षीय हित र प्रभावकारी मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले प्रतिष्ठान क्रमिक रुपमा उन्नति प्रगति अग्रगमन गर्दै बर्तमानमा समर्थ संस्थाको रुपमा पाएकोमा हर्ष एबम खुसी ब्यक्त गर्नु भएको थियो । प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकालले सम्मानित ब्यक्तित्वहरु र संस्थाहरुको घोषणा गर्नु भएको थियो । सम्मानित ब्यक्तिहरुको तर्फबाट डा. प्रेमराज बैद्य र डा.ओममूर्ति अनिलले मन्तब्यका साथ मुटु बचाउका तन्त्र प्रस्तति गर्नु भएको थियो । आतिथ्य गर्ने शाखाका सभापति अशोक कुमार श्रेष्ठले धन्यवाद दिनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्