चैतन्य क्याम्पसको २९ औं वार्षिकत्सोव तथा चैतन्य रिर्सच जर्नलको विमोचन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. सुरेन्द्र वादेले चैतन्य रिर्सच जर्नलको विमोचन गर्नु भयो । सभापतिको आसनबाट बोल्दै डां वादेले क्यम्पसले गरेका कामहरुलाई अनुसन्धानात्मक रुपमा लिपीबद्ध गर्दै प्रकाशन गर्दै जानु पर्ने बताउँदै चैतन्य रिर्सच जर्नलको विमोचनसँगै क्याम्पसको रिर्सचको अभाव पुरा भएकोमा खुशी व्यक्त गर्नु भयो । यस अवसरमा क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले क्याम्पसको वार्षिक आय व्यय प्रस्तुत गर्नु भएको थियो । रिर्सच जर्नलका सम्पादक अग्नी ज्ञवालीले क्याम्पसको यो जर्नल क्याम्पसको मात्र नभई देशकै पूँजी भएको व्यक्त गर्दै जर्नल प्रकाशनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने क्याम्पसका सञ्चालक समिति , क्याम्पस प्रशासन, प्राध्यापक एवं प्रकाशनका प्राविधिकहरुलाई धन्यवाद दिनु भयो । कोरोनाको महामारीको विषम परिस्थितीमा सञ्चालक समिति सदस्य , विधायनी परिषदका सदस्यहरु र प्राध्यापकहरुको सिमित उपस्थितमा भएको यस कार्यक्रमको सञ्चालन उप प्राध्यापक राजेश राज महतले गर्नु भएको यस कार्यक्रममा डा . श्याम भट्टराई लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
