IMG-LOGO

बनेपामा सञ्चालन हुने भयो लायन्स कार्डियो क्लिनिक

 मंगल, पौष ५, २०७९  --

                   सन् २९७८ मार्च ३० मा स्थापना भएको लायन्स क्लव अफ काभ्रे बनेपाले विगत ४५ वर्ष देखिनै सामाजिक सेवा गर्दै आएको छ । सर्व साधारणलाई खानेपानी, बाढी पिडितलाई लत्ता कपडा, बातावरण संरक्षणमा सहायता पु¥याउने उद्देश्यले वृक्षरोपण जस्ता कार्यहरु निरन्तर गर्दै आएको कुरा लायन्स क्लवका पूर्व अध्यक्ष लायन रामराजा  धौभडेलले जानकारी दिनुभयो । लायन्स क्लव अफ काभ्रे बनेपा र नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे शाखाको सहकार्यमा बनेपामा लायन्स कार्डियो क्लिनिक सञ्चालन गर्ने भएको छ । लायन्स क्लव इन्टरनेश्नल ीऋक्ष्त् कोष, स्थानीय लायन्स र स्थानीय जनताको सहयोगबाट १ करोड ४८ लाखमा मेशिन खरिद गरिएको क्लवका अध्यक्ष पदम सुन्दर श्रेष्ठले बताउनुभयो । मुटुरोगको उपचारको लागि सबै उपकरण जडान पछि चाँडै नै सेवा सुरु गर्ने क्लवले जनाएको छ ।

                   आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लवका पूर्व अध्यक्ष लायन रामराज धौभडेलले उक्त कुरा बताउनु भएको हो । आज १२ः३० बजे बनेपाको घोगेचौर लायन्स भवनमा लायन्स क्लव अन्तराष्ट्रिय अध्यक्ष ीष्यल द्यचष्यल भ् क्जभभजयल बाट मुटुरोगको उपचार गर्ने उपकरण हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त उपकरण जडान पछि अनुभवि विशेषज्ञ डाक्टरहरुबाट  मुटुरोगीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् । मुटुरोगको  लागि इसीजी, इको टिएमटी अल्ट्रासाउण्ड लगायत मुटुरोगको उपचार सेवा लिन सक्ने छन् । क्लवका अध्यक्ष  पदम सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लवका  काभ्रे बनेपा पूर्व अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, अमन पोटे, विधान जोशी, भवसागर रञ्जीत, सुसन राजवंशी, सुरेश भक्त  भोछिभोया, जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थियो  ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्