जिल्ला बचत संघ काभ्रेको आयोजनामा दुई दिने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम चेतना केन्द्रको सभाहलमा शिक्षा तथा तालिम उप–समितिका संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । प्रशिक्षक उपेन्द्रप्रसाद हुमागाईको प्रशिक्षणमा काभ्रेका २८ वटा संस्थाहरुबाट ३७ जनाको सहभागितामा रहेको थियो । तालिमको उद्घाटन सत्रमा संघका प्रबन्धक गुरु प्रसाद ढकालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र नकर्मीले उद्घाटन गर्नुभयो । बजार प्रतिनिधिहरुले संस्थाको बस्तु तथा सेवा सहज रुपमा बजार सम्म पु¥याउने, संस्था र सदस्य विचको सूचना प्रभाव गरि मध्यस्तकर्ताको भुमिकामा रहि सदस्यता वृद्धि समेत गर्ने भएको हुदाँ सदस्य बनाउँदा सदस्यता राहत प्याकेज बारेमा जानकारी गराई अनिवार्य रुपमा मासिक बचत खाता खोली नियमित बचतलाई प्राथमिकतामा राखि बचत संकलन गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा संघका संचालक सदस्य बालकृष्ण दाहालले तालिमबाट जे जति कुराहरु सिक्नु भएको छ त्यो व्यवहारिक जिवनमा लागु गरि आफ्नो क्षमता विकास गरी संस्थाले दिइको जिम्मेवारीमा पुर्ण रुपमा बफादार रहन आग्रह गर्नुभयो । तालिम संयोजक निर्मला श्रेष्ठले तालिम गर्नुको उद्देश्य, औचित्य, पृष्ठपोषण सहितका आफ्नो भनाइ राख्नु भयो । कार्यक्रमको सञ्चालन जिल्ला बचत संघ काभ्रेका उप प्रबन्धक रवि के.सीले गर्नुभएको थियो ।
