IMG-LOGO

सामुदायिक रेडियोको रणनीति तर्जुमा वैठक

 मंगल, मंसिर २७, २०७९  --

     सामुदायिक रेडियोको नीति निर्माण सम्बन्धी रणनीति तर्जुमा वैठक सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष विष्ण अबस्थिको सभापतित्वमा सम्पन्न भएको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय मुस्लिम आयोगका सदस्य महोमुदिन अलिले मुस्लिम आयोगका तर्फबाट रेडियोको मापदण्ड, नीति निर्माणलाई सदैव  सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय समावेशी आयोगका प्रवक्ता पुष्पराज तिमिल्सिनाले रेडियोलाई अत्याधुनिक बनाई निष्पक्षताका साथ प्रस्तुत हुनु पर्नेमा जोड दिनुभयो । मिडिया कानुनविद काशिराज दाहालले प्रदेश र स्थानिय तह आफैले रेडियो चलाउन गलत अभ्यास भएकोले रेडियोको नयाँ मापदण्ड र नीति बनाउने पर्ने धारण व्यक्त गर्नुभयो ।

      अमार्क एशिया प्यासेफिकका क्षेत्रीय सह–अध्यक्ष सुवास खतिवडाले फोकस ग्रूप डिस्कसनबाट आएको निचोड, रचना मुखियाले सर्भेबाट आएको निचोड, सामुदायिक रेडियो प्रशारक संघका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले बैठकको उद्देश्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महिला आयोगकी प्रवक्ता चमिला भट्टराई, राष्ट्रि युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युनेस्को प्रतिनिधि बर्षा लेखी, इन्डिजिनियसका कुमार यात्रु, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, परम्परागत खेती संरक्षक अभियन्ता उद्धव अधिकारी, मधेशी महिला अधिकारकर्मी मिनु मल्लिक, मितिनि नेपालकी  लक्ष्मी घलान लगायतले सामुदायिक रेडियोको विश्वसनियता, दिगोपन, गुणस्तरीयता, निष्पक्षता, जनमुखि, लोकप्रिय बनाउन के के नीति निर्माण गर्दा उपलब्धिमूलक हुन्छ भन्ने विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो । सिआईएनका समाचार प्रमुख दिपक आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा  सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष सरोज पौडेलले धन्यवाद ज्ञापन गर्नु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्