धुलिखेल–८ बडालगाउँ, महिला शक्ति विकास केन्द्र नेपालद्वारा आयोजित लैङ्गिक समान्ता आजको आवश्यकता र वडा स्तरीय खुल्ला महिला वक्तित्वकला प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भयो । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान ग्रामिण महिला नेतृत्व विकासको लागि गरिएको कार्यक्रम हो । १८ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा प्रथम भागिरथी वडाल, दुतीय लक्ष्मी (काजल) भुजेल, तृतीय स्वस्तिका चौलागाई र सान्तोना प्रमिशा वडाल पुरस्कृत हुनु भएको छ । प्रमुख अतिथि धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विनोद गौतमले प्रतियोगीता कार्यक्रममा विजयी हुनेहरुलाई पुरस्कार वितरण गर्नुभयो । संस्थाकी कोषाध्यक्ष विना बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोर लिडर विष्णु माया श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपनेले सभ्य र समृद्ध समाज निर्माणको लागि सबै खालका सामाजिक विभेद, घरेलु हिंसा, लैङ्गिक हिंसा सधैको लागि अन्त्य गर्न सामाजिक जागरणको आवश्यकता बताउनुभयो । हिंसा गर्नेलाई हदै सम्मको कानुनी कारवाही गरे कुनै पनि खालको हिंसा नियन्त्रण हुने तर्क कार्यकारी सम्पादक न्यौपानेले राख्नुभयो । संस्थाकी क्षेत्रीय संयोजक लगायतको आतिथ्यता रहेको थियो । संस्थाकी क्षेत्रीय संयोजक श्रृजना प्याकुरेल, विनायक स्कुलका शिक्षक दामोदर वडाल, धुलिखेल वडा नं. ८ का वडा सदस्य कृष्णमाया रोक्का लगायतको आतिथ्यता रहेको थियो । वक्तित्वकला प्रतियोगिताको निर्णायक मण्डलका संयोजक नवराज वडाल, निर्णयक गिता लामा र नानीराम धिताल रहनु भएको कार्यक्रमको सञ्चालन पार्वती केसीले गर्नुभएको थियो ।
