IMG-LOGO

लैङ्गिक हिंसा मुक्त गर्न एकतावद्ध हुन जरुरीं माइती नेपाल अध्यक्ष कोइराला

 मंगल, मंसिर २७, २०७९  –हरि न्यौपाने

      “सभ्य समाजको पहिचान, लै∙िक हिंसा विरुद्धको अभियान”  भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार सचेतना कार्यक्रम भव्यताका साथ धुलिखेल रङ्गशालामा सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाहरूले सचेतना ¥याली निकालेका थिए । धुलिखेल सरस्वती बजारबाट बाजागाँजा सहित प्लेकार्ड बोकेका सहभागिहरु रङ्गशालामा पुगेपछि सभामा परिणत भएको थियो ।  जिल्ला समन्वय समिति काभ्रे, गैरसरकारी संस्था महासंघ नेपाल काभ्रे, जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोइरालाले लैङ्गिक हिंसा मुक्त समाज बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । काभ्रेमा लैङ्गिक हिंसा निकै बढिरहेको भन्दै उहाँले लैङ्गिक हिंसा न्यूनीकरण गर्न तीनै तहको सरकारले ठोस योजना र उचित नीतिका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो । कोइरालाका अनुसार काभ्रेको रोशीबाट सबैभन्दा धेरै महिला तथा बालबालिका बेचबिखन भई रहेका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद सुर्यमान दोङले लैंङ्गिक हिंसाका विरुद्ध आफू निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद गोकुल प्रसाद बास्कोटाले मानव अधिकारको सुनिश्चितता र पालन गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रमका सभापति जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले मानिसमा हिंसा गर्नुहुँदैन भन्ने जनचेतना अभिवृद्धिको लागि आफ्नो ध्यान केन्द्रीत भएर नै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साथै उहाँले काभ्रे जिल्लालाई लैङ्गिक हिंसा मुक्त जिल्ला बनाउन सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

      गैसस महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङले सञ्चालन (अधिकारकर्मी कृष्णप्यारी नकर्मीले सांकेतिक भाषामा ) गर्नुभएको कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू मनोज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारी, आयुषा गौतम, सुप्रिम मल्ल, भिमसेन खतिवडाले सन्देशमूलक प्रहशन, गीत, नृत्य प्रस्तुत गर्नु भएको थियो । बनेपाको विद्यासागर स्कूलका विद्यार्थीहरुले समेत लैङ्गिक हिंसा विरुद्ध प्रहशन प्रस्तुत गरेका थिए । कार्यक्रममा वागमति प्रदेश सांसद कञ्चनचन्द्र वादे, रत्न ढकाल, जिसस उपप्रमुख रिम वहादुर तामाङ, जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाई, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, उद्योगी व्यवसायी, सुरक्षा निकायका प्रमुखहरू, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु एवं पत्रकारहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

मानव सेवकहरुलाई  सम्मान

      उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुकरानी तामाङ, जानुका थापा, मेनुका थापा, सुसिला प्रजापती, लक्ष्मी मगर, सुसिला तोलाङ्गे, फुलमाया तामाङ लगायतलाई सम्मान गरियो । साथै प्रत्येक पालिकाले सिफारिस गरे अनुरुप अगुवा महिला अधिकारकर्मीहरु समेतलाई सम्मान गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्