तामाङ पत्रकार संघको १९ औँ स्थापना दिवसमा आयोजित आम सञ्चारमा तामाङ सञ्चारकर्मीको स्थिति बारे अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमवहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विजय तामाङले स्वागत मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथि तामाङले सञ्चारकर्मीहरुको कलमको माध्यमबाट समाजका वेथिति विकृतिका विरुद्धमा जटिल क्रियाकलापमा हिड्नेलाई सत्मार्गमा ल्याउन महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । तामाङ समुदायहरुको उत्थानमा तामाङ सञ्चारकर्मीहरुको उल्लेखनीय सहयोग रहेको र आगमी दिनमा भाषा, धर्म र सस्कृतिको जगेर्नामा थप सहयोग पुग्ने आशारहेको कुरा जिल्ला समन्य समिति काभ्रेमा उपप्रमुख रिम वहादुर तामाङले बताउनुभयो । आदीवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका इन्चार्ज पेमा लामा, तामाङ पत्रकार संघ सचिव शिसिर दोङ, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, वर्तमान उपाध्यक्ष विनोद न्यौपाने, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, आदीवासी जनजाति पत्रकार संघ काभ्रेका अध्यक्ष इन्द्र थापामगर, तामाङ पत्रकार बागमती प्रदेश सचिव जगत माङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भाषा संस्कृति, धर्म र संस्कारको संरक्षणमा तामाङ समुदायका सञ्चारकर्मी मात्र नभई सबै सञ्चारकर्मीहरुले साथमा साथ दिई अघि बढी समाज रुपान्तरणमा सहयोग पु¥याउनु पर्ने तर्क गरिएको थियो ।
