IMG-LOGO

कर्मचारी मिलन केन्द्रको स्मारिका विमोचन

 मंगल, मंसिर २७, २०७९  --

      कर्मचारीहरुबीच आपसी सद्भाव अभिवृद्धि गर्दै आम नागरिकको सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सकारात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ कर्मचारी मिलन केन्द्र काभ्रे गठन भएको हो । सार्वजनिक प्रशासन, विकास र व्यवस्थापनका सवालमा विभिन्न खोज तथा अनुशन्धान र अनुभव समेटेर  तयार पारिएको कर्मचारी मिलन केन्द्र काभ्रेको स्मारिका एक कार्यक्रम बीच बिमोचन गरेको छ । जनतालाई प्रवाह गर्दा आएका समस्या र जनताका गुनासाहरु उक्त स्मारिकामा समावेस गरिएको छ । जिल्ल समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,  जिल्ला न्यायाधिस मोहन राज भट्टराई सहायक प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्र काभ्रेका अध्यक्ष अमर दिप सुनुवार, सचिव दामोदर अधिकारी, सहसचिव शिवराम पोखरेल,  उपसचिव एवं सहायक प्रजिअ अमर दिप सुनुवार, कोष तथा लेखा नियन्त्रकको कार्यालय प्रमुख हेमराज निरौला लगायतका व्यक्तित्वहरुको लेख रचना पुस्तकमा समावेस गरेको छ । कर्मचारी मिलन केन्द्र काभ्रेका अध्यक्ष अमर दिप सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हेमराज निरौलाले गर्नु भयो । ट्रेड युनियनका अध्यक्ष राजकुमार हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन परशुराम थापाले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्