IMG-LOGO

एमालेबाट १३ नेता निष्कासित

 मंगल, मंसिर २७, २०७९  --

 

      नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई कारबाही स्वरूप निष्कासन गरेको हो । बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो । कारवाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह छन् । उनीहरूसहित १३ जनालाई पार्टीले कारबाही गरेको हो ।

      यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ) र टेकबहादुर बलम्पाकी मगर (महोत्तरी)लाई कारबाही गरिएको छ । केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) पनि कारबाहीमा परेका छन् । त्यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाममा रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका भन्दै सूचिबाट उनको नाम हटाइएको एमालेले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्