आद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र प्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुण्डीएर आत्महत्या गरेका छन् । शुक्रबार विहान पौने ११ बजेको समयमा धुलिखेल स्थित आफ्नै कार्यालयको छतमा झुडिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए । काठमाण्डौ मातातिर्थका स्थायी बासिन्दा घिमीरेले आत्महत्या गरेको जोशीले जानकारी दिए ।
कार्यालयको छतमा ट्रस्ट भएको र ट्रस्टका डण्डीमा झुण्डीएको अवस्थामा भेटिएको जोशीले जानकारी दिए । कार्यालय प्रमुख दिपेन्द्रले झुण्डीएर आत्महत्या किन गरे ? भन्ने कुरा प्रहरीले थप अनुसन्धान गरेकोे बताएको छ ।
