IMG-LOGO

४ करोड १० लाख व्यक्तिहरुको एड्स कै कारण मृत्यु

 मंगल, मंसिर २०, २०७९  – हरि न्यौपाने

                काभ्रेपलाञ्चोक जिल्लामा ८६ जना एचआईभि संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । ३५ औँ विश्व एड्स दिवसका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम राज सेढाईले एचआईभी संक्रमित हुनबाट बच्नु नै उत्तम उपाय भएको, यदि संक्रमित भई हालेमा एआरटि केन्द्रहरुबाट निःशुल्क सेवा लिन अनुरोध गर्नुभयो । काभ्रेपलाञ्चोक जिल्लामा हालसम्मको तथ्यांक हेर्ने हो भने आ.व. २०७६÷२०७७ मा ५२ जना, आ.व. २०७७÷२०७८ मा ७७ जना र आ.व. २०७८÷२०७९ मा ८२ जनाले जिल्लाको धुलिखेल अस्पतालमा नेपाल सरकारबाट सञ्चालित जिल्लाको एकमात्र ए आर टी सेन्टरमा नियमित रुपमा एच.आई.भी. विरुदको औषधि सेवन गरिरहेका छन् भने आ.व.२०७९÷०८० को मंसिर १५ सम्म उपचार पाएका कुल ८६ जना संक्रमित मध्ये पुरुष ४२ जना महिला  ४३ जना र १ जना बालिका रहेका छन् ।

                जुन सेन्टरबाट नियमित रुपमा एचआईभी परीक्षणका साथै आवश्यक परामर्श र निःशुल्क एचआईभी विरुद्धको औषधि वितरण भइरहेको छ । संन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलार्य हाँसिल गर्न ९५ः९५ः९५, अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार ( भाइरल लोड) न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु सञ्चालन भइरहेको बताइएको छ । सँगै बसेर खादा, हात मिलाउदा, अंगालो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा एचआईभी सर्दैन भने असुरक्षित यौन सम्पर्क, संक्रमित रगत, संक्रमित सुई, एड्स संक्रमित आमाबाट जन्मने शिशुलाई एचआईभी एड्स सर्न सक्दछ ।

                संन् २०२१ को अन्तय सम्म विश्वमा ८ करोड ४२ लाख व्यक्तिहरु एचआईभीबाट संक्रमित भएका छन् भने ४ करोड १० लाख व्यक्तिहरुको एड्स कै कारण मृत्यु भएको छ । नेपालमा भने ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्