IMG-LOGO

चैतन्य वहुमुखी क्याम्पसको ३१ औँ वार्षिकोत्सव

 मंगल, मंसिर २०, २०७९  --

               चैतन्य बहुमुखी क्याम्पस बनेपाले ३१ औँ वार्षिकोत्सव समारोह बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यतामा विहिबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।  प्रमूख अतिथी कञ्चनचन्द्र वादेले जिल्लामा रहेका सामूदायिक क्याम्पसहरु विच सहकार्य गरेर अगाडि बढ्न सुझाउँदै क्याम्पसको लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाउनु भयो । त्यस्तै बनेपा नगरका नगर  प्रमूखले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय निकायले श्रोत र साधनले भ्याए सम्म आर्थिक सहयोग गर्ने बताउनु भयो ।

                काभ्रे क्याम्पसका क्याम्पस प्रमूख केजी बयदारले सामुदायिक कलेजका विभिन्न समस्याहरु प्रकास पार्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चैतन्य क्याम्पसले हालसम्मको शैक्षिक गतिविधिहरु प्रकास पार्दै क्याम्पसको भावि शैक्षिक योजनाको बारेमा बोल्नु भएको थियो । उप–प्राध्यापक राजेशराज महतले संचालन गर्नु भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेलाई बधाई ज्ञापन दिनुको साथै सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल उप–प्राध्यापकहरुलाई सम्मान र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्