सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश स्तरीय बैठक गत मंगलबार काठमाण्डौमा सम्पन्न भएको छ । सामुदायिक रेडियोहरुको स्थायित्व विकास गर्न नीति निर्माण कस्तो बनाउनुपर्छ भन्ने सवालमा विभिन्न सरोकारवाला सँग छलफल कार्यक्रमको सहजीकरण सिआइएन प्रमुख दिपक आचार्यले गर्नुभएको थियो । राष्ट्रिय समावेशी आयेगका प्रवक्ता पुष्पराज तिमल्सिना र बागमती प्रेस रजिस्टार रेवती सापकोटाले नीतिगत सवालमा बोल्नु भएको थियो । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भारती पाठकले समुदायले सञ्चालन गरेका सबै संगठनहरु मजवुद ढङ्गबाट सञ्चालन गर्न सबै एकता बद्ध भई समुदायको हितमा आवश्यक ऐन नियम बनाउन सम्बन्धीत राज्य पक्षलाई झकझकाउने कार्यमा लाग्नु पर्ने त्यसमा सामुदायिक वनले सघाउने बताउनुभयो । २२ हजार सामुदायिक वन उपभोक्ता समिति रहेको अवस्थामा जनताका जनजीविकालाई प्रत्यक्ष असर गर्ने सवालका कानुनी अडचन रहेको त्यसलाई परीमार्जन गर्न समेत आवश्यक रहेको अध्यक्ष पाठकले बताउनुभयो ।
नेपालको संविधानको धारा २७ को धार २५८ को उपधारा १ मा राष्ट्रिय समावेशी आयोगको गठन भएको र त्यसले खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, श्रमिक, किसान, अल्प संख्यक, सिमान्तीकृत समुदाय, पिछडिएका विपन्न वर्ग लगायतका ११ लक्षित वर्गको हितको लागि कार्य गर्ने कुरा आयोगका प्रवक्ता पुष्पराज तिमल्सिनाले बताउनुभयो । संगठनमा समावेसीकरण प्रचार समाग्रीमा समावेसी हुन जरुरी भउको कुरा प्रवक्ता तिमल्सिनाले उल्लेख गर्नुभयो । नेपालमा भएका १ सय २६ जात जातिमा ६२ जातहरु अहिले सम्म राजनीतिक र प्रशासनिक क्षेत्रमा सम्मिलित हुन नसकेको हुँदा त्यस्ता समाजमा पछाडी परेका पारिएका वर्गको हितमा सञ्चार माध्यामहरुले भूमिका खेल्नु पर्ने हुन्छ । कृषि विज्ञ कृष्ण पौडेल, अमार्क सचिवालय निर्देशक सुमन बस्नेत, इण्डीजिनियस रेडियो नेटवर्कका अध्यक्ष, राष्ट्रिय कृषक समुह महासंघका उद्धव अधिकारी, आदीवासी जनजाति महासंघका दिवश राज लगायतले बोल्नु भएको थियो ।
पारिवारीक निजीवन संघका अध्यक्ष जोमराज गिरी, यौनिक–अल्पसंख्यक अधिकारकर्मी, तेस्रौ लिङ्गी रुबिना तामाङले अल्पसंख्यकको समस्याको बारेमा सञ्चार माध्यमले उजगार गरिदिनु भयो । रेडियो एविसी एफएम बनेपाका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपानेले सामुदायिक रेडियोहरुको स्थायित्व सवल र सक्षमता विकासको लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न समिति निर्माण गरी नीति निर्माण गर्न सामाुदायिक रेडियोहरुको साझा समस्यालार्य सम्बोधन गर्न सक्ने अवस्थाको श्रृजना गर्नु पर्ने कुरा बताउनुभयो । सामुदायिक रेडियो प्रसारक महासंघ बागमती प्रदेशका अध्यक्ष बलराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
