IMG-LOGO

आभाषको जन्म दिनमा छोरीलाई रकम हस्तान्तरण

 मंगल, मंसिर २०, २०७९  --

 

                आभाष बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १३ औँ वार्षिकोत्सवको अवसरमा शिरमेमोरियल अस्पतालमा हरेक वर्षको मंसिर १४ गते राती १२ वजे पछि  जन्मेको छोरीलाई छोरी अभियान अन्तरगत उक्त दिन जन्मेको छोरीलाई १० हजार रकम हस्तान्तरण गरेको हो । विगत ६ वर्ष अघि देखि दिदैँ आएको छोरी अभियान कार्यक्रम यस वर्षको रकम सिन्धुपाल्चोक साँगाचोक ११ का नेत्रविक्रम माझी र श्रीमती धनमाझीको छोरीलाई संस्थाका उपाध्यक्ष  ग्रुवेन तौजलेले १० हजार रकम हस्तान्तरण गरेको छ । शिरमेमोरिय अस्पतालमा राती १२ बजेपछि जन्मेको छोरीलाई रकम हस्तान्तरण गरेको कुरा संस्थाका सचिव प्रकाश कायस्थले बताउनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधान, सामाजिक क्रियाकलाप संयोजक त्रिरत्न रञ्जीतकार प्रमुख व्यवस्थापक सुवास वैद्य, शिरमेमोरियल अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. हेक्टर, कार्यकारी अधिकृत सुन्दर थापा, स्त्री रोग विशेषज्ञ विद्या प्रधानाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्