बनेपाका जागरुक युवाहरुको सक्रियतामा सञ्चालित गरिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले संस्थाको १२ औँ वार्षिक साधारण सभाले शेयर सदस्यहरुलाई २० प्रतिशत बोनस वितरण गरेको छ । संस्थाका अध्यक्ष सुधिर बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हरि गोपाल कायस्थले आ.व. ०७८÷०७९ को लेखा परिक्षण र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो ।
सचिव संगम थापाले प्रगति प्रतिवेदन र भावि कार्य योजना प्रस्तुत गर्नुभयो । त्यस्तै गरी लेखा सुपरीवेक्षण समितिका संयोजक कुमुदा श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका प्रवन्धक अमित मानन्धरले १ करोडको शेयर पूँजी भएको संस्थाले ८ करोडको कारोवार गरेको बताउनुभयो । बुद्धशरण मानन्धर उपाध्यक्ष रहेको संस्थामा लेखा संयोजक विजेन रञ्जीत रहनु भएको छ । आ.व. ०७८÷०७९ सम्मा ३ हजार पाँचसय शेयर सदस्य रहेका छन् ।
