सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य हाँसिल गर्न विश्वका सबै देशहरुमा एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही क्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखाले एड्स दिवसको अवसरमा बनेपा नगरपालिका नगरपरिक्रमा गरी मनाएको छ । बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहाल, स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाँइ, बनेपा स्वास्थ्य शाखा प्रमुख सम्भुकुमार महतो, स्वास्थ्यकर्मी रुपा कर्माचार्य लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा स्वास्थ्य स्वयमसेवीहरु कर्मचारी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । विश्वमा सन् १९८१ मा पहिलो एच आइभी रिपोट भए देखि २०२१ को अन्त्य सम्ममा ८ करोड ४२ लाख व्यक्तिहरु एचआइभीबाट संक्रमित भई सकेका छन् । त्यस्तै ४ करोड १० लाख व्यक्तिहरुको एड्सका कारण मृत्यु भएको कुरा बनेपा स्वास्थ्य शाखा प्रमुख महतोले जानकारी दिनुभयो ।
