IMG-LOGO

नवीकरणीय र दिगो ऊर्जा विकासको अनुसन्धानमा आधारित शिक्षण गोष्ठी

 मंगल, मंसिर २०, २०७९  --

                नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवं अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्र्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालयले आज र भोली गोष्ठीको आयोजना गरेको छ ।

                यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नवीकरणीय ऊर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली’ २०२२–२०२६ को गतिविधिहरूमध्ये एक हो ।

                नवीकरणीय तथा दिगो ऊर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था र निजी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई नवीकरणीय तथा दिगो ऊर्जा विकासका समस्या र अवसरहरू, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका सम्भावनाहरूका बारेमा घनिभूत छलफल तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ गोष्ठी गर्न लागिएको हो ।

                गोष्ठीमा ७ राष्ट्र र १२ राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयबाट ६०–७० जना सहभागीहरू रहनेछन । गोष्ठीमा अमेरिका, अष्ट्रेलिया र नर्वेका प्रतिष्ठित प्राध्यापकहरूको वक्तब्य, उच्चस्तरीय प्यानलसहित छलफल हुनेछ ।

                साथै, गोष्ठीमा नवीकरणीय र दिगो ऊर्जाको शैक्षिक क्षेत्रमा कमी–कमजोरीहरू निर्धारण, स्वच्छ ऊर्जा र चक्रिय अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित विचारविमर्श गरिनेछ । सोको लागि पाठ्यक्रम निर्धारण गरी शिक्षण र अनुसन्धानलाई अगाडि बढाउन संस्थाहरूबीच सहकार्य हुनेछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्