स्वास्थ्य पर्यावरण सम्मुनत स्वास्थ्यको लागि आयुर्वेद स्वास्थ्य भन्ने उद्देश्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा काभ्रेले सञ्चारकर्मीसँग सचेतना प्रवाहको लागि छलफल कार्यक्रम हिजो सम्पन्न गरेको छ । स्वास्थ्य केन्द्र बनेपाका अध्यक्ष प्रकाश बहादुर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे हुनुहुन्थ्यो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार विशिष्ट अतिथि रहनु भएको थियो । काभ्रेका १३ पालिका मध्ये ९ वटा पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा पु¥याएको कुरा प्रशिक्षक रमेश पनेरुले जानकारी दिनुभयो । बहिरङ्ग विरामी सेवा १४ हजार ८ सय ४८, त्यस्तै गरी जेष्ठ नागरिक सेवा ६ सय ७०, वर्ष भरीमा जिल्लाले १७ हजार ८ सय ९८ लाई सेवा प्रवाह गरेको जनाएको छ ।
त्यस्तै गरी हेल्दी लाइफ अन्तरगत ८ सय जनालाई स्वास्थ्य सेवा पु¥याएको स्वस्थ्य केन्द्र बनेपाले जनाएको छ । रोग नलागोस भनेर गर्ने उपचार उपचारात्मक तथा प्रवद्र्धनात्मक योग सेवा, मातृ शिशु स्वास्थ्य सेवा कार्यक्रम राष्ट्रिय आरोग्य दिवस तथा योग दिवस जस्ता कार्यक्रमहरु, सेवा प्रवाह प्रभावकारी बनाउन लागि परेको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. वशंवदाम्बा कौण्डियानीले बताउनुभयो । आयुर्वेद चिकित्साको ५ हजार वर्ष पुरानो अनादी परम्परागत प्राचिन अनुसन्धान विधिद्वारा प्रमाणीत गरिएको कुरा कार्यालय प्रमुख कौण्डियानीले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना र काभ्रेका क्रियाशील सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
