ल्याटीन अमेरिकाको डेमिनिकल गणराज्यबाट सन् १९८१ बाट शूरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तीन दशक पार गरिसकेको छ । नेपालमा भने १९७७ देखि सञ्चालन हुँदै आएको कुरा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले हिजो आयोजित सञ्चारकर्मी सँगको छलफलमा उक्त कुरा बताउनु भएको हो । मंसिर ९ गते देखि २४ गते सम्म अर्थात नोभेम्बर २५ गते देखि डिसेम्बर सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्व भरीका देश र हाम्रो देशको स्थानीय पालिकाहरुले पनि विविध कार्यक्रम गरी मानाएका छन् । संविधानले नागरिकका हक सुनिश्चितता गरेको भए पनि कानुनले विषेध गरेका लैङ्गिक हिंसा जस्तै बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुत जस्ता प्रथा, परम्परा र अन्धविश्वासका कारण नेपाली नागरिकहरु हिंसा र विभेदमा, अपमानजन्य पिडा भोग्न बाध्य छन् ।
यसको अन्त्यका लागि जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा जिल्ला व्यापी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मंसिर २३ गते ११ बजेदेखि २ बजेसम्म धुलिखेल खुल्ला मैदानमा हुने कुरा स्थानीय समन्वय अधिकारी शान्तिराज प्रसाइले बताउनुभयो । मानव अधिकार संगठन, सामाजिक संघसंस्था, स्थानीय पालिकाहरु सबैलाई कार्यक्रममा सहभागी हुन जिल्ला समन्वय समिति काभ्रेले आह्वान गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष महेशराज पौडेल र जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।
