IMG-LOGO

हराएको ४८ वर्षपछि फेला प¥यो बुद्धको मूर्ति

 मंगल, मंसिर २०, २०७९  --

                हराएको ४८ वर्षपछि बुद्धको मूर्ति फेला परेको छ । बनेपाको वहिटोलबाट २०३१ सालमा चोरी भई २०३५ सालमा त्रिभुवन तर्राष्ट्रिय विमानस्थलमा फेला परेको शाक्यमुनी भगवान बुद्धको मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रालयवाट वनेपामा ल्याई प्रतिस्थापन गरिएको छ । बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्यले स्थानीय सरकारको संरक्षणमा रहने गरी बनेपामा, ल्याईएको बताउनु भयो । लामो समय पश्चात वनेपा नगरपालिकाको संरक्षणमा रहने गरी उक्त मूर्ति पुरानै ठाउँमा राखिएको हो । राष्ट्रिय संग्रालयबाट मुर्तिलाई बाजा गाजा सहित बनेपामा ल्याई बनेपा नगर परिक्रमा गराईएको थियो । कार्यक्रममा नगर प्रमुख शान्ति रत्न शाक्य, उप–प्रमुख विमला सापकोटा (दाहाल), प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, ९ का वडा अध्यक्ष नृपेश बादे, ८ नम्बरका वडा सचिव रत्न श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्