सत्तारुढ गठबन्धनले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा पछि बसेको पहिलो बैठकले संविधान , लोकतन्त्रको रक्षा र राजनैतिक स्थायित्वको लागि वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई हिजो बसेको ४ राजनीतिक दलको बैठकले पुष्टि गरेको छ ।
बैठक पछि निकालिएको प्रेस विज्ञप्तिमा भनिएको छ ‘ निर्वाचनको नतिजा पछि मूलुकको वर्तमान चुनौती सामना गर्न गठबन्धनलाई निरन्तरता दिन र राजनैतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने सन्देश दिएको उल्लेख गरेको छ ।’ साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, कर्मचारीहरु लगाएत सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।
