IMG-LOGO

योग साधना कक्षको उद्घाटन

 मंगल, मंसिर १३, २०७९  ---

 

सेवा नेपालको साझा सेवा केन्द्रको भवनमा श्री चामुण्डा देवि योग साधना केन्द्रलाई दैनिक योग साधना गर्नको लागि उपलब्ध गराएको योग सभाहल कक्षको पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले हालै उद्घाटन गर्नु भयो । उक्त अवसरमा प्रमुख अतिथि तौजलेले यसरी उपलब्ध गराएको कक्षबाट सकारात्मक सन्देश प्रवाह हुने र सामाजिक परिवर्तनको लागि स्वस्थ समाज निमार्णमा टेवा पुग्ने बताउनुभयो ।

      उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका सदस्य दमनकुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व चामुण्डा योग साधना केन्द्रका संयोजक सहदेव श्रेष्ठले गर्नुभएको र कार्यक्रमको सञ्चालन योग शिक्षिका निर्मला श्रेष्ठले गर्नुभएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्