IMG-LOGO

क्यापिटल बचतले ग¥यो ३६ लाख ३१ हजार करमा योगदान

 मंगल, मंसिर १३, २०७९  ---

 

      पूर्वीय पहाडी जिल्लाको व्यापारीक नगरी बनेपामा १२ वर्ष अघि स्थापना भएको क्यापिटल बचत तथा ऋण सहकारी संस्था बनेपा ७ ले साधारण सभा सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष शेरवहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव फ्रेम बहादुर तामाङले प्रगति तथा भावी कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष  खेतराज  सिटैलाले  आ.व. ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक राजन श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ३ हजार ६ सय २६ शेयर सदस्यबाट ५४ करोड ३४ लाख ६५ हजार ३ सय ७० बचत निक्षेप संकलन, ४९ करोड ८५ लाख ८३ हजार ७ सय ५३ कर्जा लगानी गरेको छ । ४ करोड ८४ लाख ५२ हजार ७ सय शेयर पूँजी रहेको संस्थाले लगानी गरेर ७ करोड ७७ लाख ७८ हजार ८६ कुल आम्दानी गर्न सफल भएको छ । संस्थाका प्रवन्ध सञ्चालक पे्रmम बहादुर तामाङले सहकारी संस्थाले नीति, विधि र प्रविधिको प्रयोग गरी शेयर सदस्यहरुको आर्थिक स्तर वृद्धि गर्नुका साथै गुणस्तरीय सेवा प्रवाह गर्न सकेको बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्