IMG-LOGO

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

 मंगल, मंसिर १३, २०७९  ---

 

      हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२२ को अवसरमा नेपाल सहित विश्वको देशहरुमा मनाउने गरिन्छ । कोहि पनि महिलाहरु हिंसाको चपेटामा नपरोस भन्ने हेतुले नेपालमा पनि दिवस अभियानको रुपमा मनाउँदै आएको छ । काभ्रे जिल्लाका १३ वटै पालिकामा २०७९ मंसिर ९ गते देखि २४ गते सम्म सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ शुरु गरेको छ । नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार तथा कानुनले महिलालाई परिवार देखि राज्य सञ्चालन सम्माका सम्मान अवसर, समान्ता सहभागिता प्रतिनिधित्व र अपनत्व सुनिश्चित गरेको छु । यद्यपि, कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुद जस्ता महिला देवी प्रथा, परम्परागत अन्धविश्वासका कारण महिलाहरु अझै पनि विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् । यसका विरुद्धामा सबै एक हुन आवश्यक भएको र चेतना मुलक सन्देश फैलाउन आवश्यक भएको कुरा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताउनुभयो । स्थानीय पालिकाहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा सबैले विभिन्न कार्यक्रम सञ्चालन गरेको जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्