पनौती ÷ काभ्रे जिल्लाको उच्च शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना स्थापित भएको तेजगंगा बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको २२ औं वार्षिक दिवस कार्यक्रम काभ्रे जिल्लाका बरिष्ठ शिक्षासेवी गोविन्दलाल प्रधानाङ्गलाई सम्मान गरेको थियो । कक्षा ११ देखि एम एड तथा एमबिएस सम्मका कक्षाहरु संचालित यस क्याम्पसमा हाल ७ सय ७१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् संस्थापक क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्कीद्वारा प्रदान गरिएको व्यक्तिगत जग्गामा निर्माणाधिन क्याम्पसको भवन अहिले सम्पन्न हुन गईरहेको छ भने यसै वर्ष क्याम्पसले गुणस्तरीयता क्यूएए ब्राण्ड प्राप्त गर्न सफल भएको छ । हालसम्म ३ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुले विभिन्न कक्षाहरु उत्तीर्ण गरी दिक्षित भएका यस क्याम्पस ती विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पेशा, व्यवसाय, समाजसेवा एवं रोजगारीमा संलग्न भई आफूलाई समाजमा स्थापित गराउन सक्नु क्याम्पसको महत्वपूर्ण उपलब्धीको रुपमा रहेको छ ।
उक्त कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समिति अध्यक्ष शिवबहादुर देउजाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै आगामी दिनमा ’यस क्याम्पसले थप प्राविधिक एवं अन्य विषयहरु सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पसको विगत र वर्तमानको शैक्षिक विकासको बारेमा प्रकाश पार्नुभएको थियो । सम्मानित व्यक्तित्व गोविन्दलाल प्रधानाङ्गले उक्त सम्मान आफ्नो मात्र नभई काभ्रेको शिक्षा क्षेत्रमा लाग्ने समस्त शिक्षाकर्मीको सम्मान भएको विचार व्यक्त गर्दै क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रममा प्राध्यापक, कर्मचारी, क्याम्पस सभा सदस्य लगायतको उपस्थिति रहेको थियो । प्राध्यापक भिम केसीका अनुसार काभ्रेको शैक्षिक विकासमा यस कलेजले इटा थप्ने कार्य गरेको बताउनुभयो ।
