IMG-LOGO

अपाङ्गको अपेक्षा रोजगारी र विकास

 मंगल, मंसिर ६, २०७९  ---

      देशमा ठूला ठूला राजनीतिक परिर्वतन भए पनि जनताका जनजीविकामा खासै परिवर्तन नहुँदा जन आक्रोस बढ्दै गएको छ । २०३६÷०४६ र ०६२÷०६३को जन आन्दोलनले व्यवस्था परिवर्तन भए पनि समाजका तल्लो वर्गको जीवन बदल्न नसकेको यथार्थ हामी सामु छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २, धुलिखेल नगरपालिका वडा नं. ३ का ४९ वर्षीय अपाङ आइते तामाङ, विगत १६ वर्ष देखि दायाँ गोडा चल्न नसकी लौरोको सहायताले हिड डुल गर्ने तामाङको ५२ वर्षीय श्रीमती पनि अपाङ्ग छिन् । आइते तामाङले भने मासिक राज्यबाट प्रति महिना रु १,६०० ले भत्ता प्राप्त गरे पनि श्रीमतीले भने अहिले सम्म राज्यबाट कुनै सुविधा प्राप्त गर्न नसकेको बताउनुभयो । आफूले अहिले सम्म ५ पटक मतदान गरेको बताउनु भयो । मंसिर ४ गतेको निर्वाचनमा मतदान गरी घर फर्केनु भएका तामाङलाई तपाईको अपेक्षा के छ भन्ने जिज्ञासामा उहाँको प्रतिक्रिया यस्तो रह्यो– देशमा सुशासन, रोजगारीको श्रृजना, दिगो विकास र अपाङ्ग, असाहयहरुलाई सिप सहितको रोजगारीको प्रवन्ध गरिनुका साथै जेष्ठ नागरिक सरहको भत्ता उपलब्ध गराउन माग गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्